काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा अहिलेकै संवैधानिक इजलास निरन्तर सुरु भएको छ। यसअघि सरकारी पक्षले इजलासमा रहेका दुई न्यायाधीशका विषयमा प्रश्न उठाएपनि बुधबार साेही इजलास निरन्तर भएको हो।
आइतबारको सरकारी पक्षको बहसलाई सर्वाेच्च अदालतले मान्यता दिएन। अब वरिष्ठ न्यायाधीशहरूको यही इजलासले नै प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ अघि बढाउनेछ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।
अहिले शेरबहादुर देउवा पक्षको रिट निवेदनमा बहस सुरु भएको छ। बहसका लागि आधा घण्टाको समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।