काठमाडौं– राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पाण्डेलाई बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा आयोजित कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए। राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।