फाइल तस्वीर।
काठमाडौं- लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादव उपस्थित हुने भएपछि विपक्षी सांसदले प्रदेश सभा बैठक बहिष्कार गरेका छन्।
'सांकेतिक विरोधका लागि सदनमा प्रमुख सचेतक बाहेकका सांसद सहभागी नभएका हौं', कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले मंगलबारको संसद् बैठक उपस्थित नभएकोबारे भने।
वैशाख १९ मा प्रदेश प्रमुख यादवले अल्पमतमा रहेका एमालेका शंकर पोखरेललाई पुन: मुख्यमन्त्रीको शपथ खुवाएका विरोधमा विपक्षी सांसदले सदन बहिष्कार गरेका हुन्। संविधान विपरीतको कार्य प्रदेश प्रमुखले गरेको विपक्षी गठबन्धनको आरोप छ।
दलका प्रमुख सचेतक बाहेकका विपक्षी दलका सांसदले नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम बहिष्कार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।