काठमाडाैं- नेकपा (एमाले)को दोस्रो तहका नेताहरु पुन: छलफलमा जुटेका छन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरू अहिले समिट होटलमा भेला भई छलफल गरिरहेका छन्।
छलफलमा ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पाैडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्। यस्तै, नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भूसाल र भीम आचार्य सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।