काठमाडौं– प्रमुख अन्तर्राष्ट्रिय सञ्चार माध्यमका वेबसाइटहरु ‘डाउन’ भएका छन्।
मंगलबार दिउँसोबाट प्रमुख अन्तर्राष्ट्रिय समाचारसँग सम्बन्धित वेबसाइटका अलावा बेलायत सरकारको वेवसाइटमा पनि समस्या आएको हो।
गार्जियन, फाइनान्सियल टाइम्स, न्यूयोर्क टाइम्स, इन्डिपेन्डेन्ट लगायतका साइट डाउन भएका हुन्।
त्यस्तै बीबीसी, सीएनन्, अलजजिरा मिडिया नेटवर्कमा पनि समस्या आएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले एकैपटक किन वेबसाइटमा समस्या आइरहेको छ भन्नेबारे केही उल्लेख गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।