काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले संसद् पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन्।
‘अदालतले पनि अन्तत: हेर्ने भनेको संविधान हेर्ने हो’, प्रचण्डले। पहिलोचोटी गरिएको संसद् विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले अहिले कांग्रेस प्रष्ट उभिएको बताए।
‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो। अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छ। जनता समाजवादी पार्टीका उपेन्द्रजीहरू पनि साथमा हुनुहुन्छ। माधवजीहरू र जनमोर्चाको पनि साथ छ’, प्रचण्डले भने।
संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिइरहेको प्रचण्डले बताए। संविधान सभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजानका लागि पनि प्रचण्डले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।