काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार भएको मतदानमा उनले बहुमत सांसद्को समर्थन पाएका हुन्।
मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत परेको थियो। त्यस्तै विपक्षमा ९ मत परेको थियो। १२ जनाले भने मतदान प्रक्रियामा सहभागिता जनाएका थिएनन्।
योसँगै भट्ट नै मुख्यमन्त्रीमा निरन्तर रहने निश्चित भएको छ। भट्ट २०७४ सालमा मुख्यमन्त्री नियुक्त भएका थिए। भट्टराई माओवादी केन्द्रका अतिरिक्त एमालेको एक पक्षले सघाएको थियो। कांग्रेस भने तटस्थ बसेको थियो।
माधव पक्षले विश्वासको मत नदिएर अपुग हुने स्थितिमा मात्रै कांग्रेसले मत दिने निर्णय गरेकाले कांग्रेस तटस्थ बसेको हो। भट्टलाई माओवादी केन्द्रको १३ र एमालेका माधव पक्षबाट १७ मत प्राप्त भएको छ।
प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ ,जसपाका २ सांसद छन्। मंगलबारको मतदानमा ५१ सांसद उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।