काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेसँगै मत विभाजनका लागि प्रक्रिया सुरु भएको छ।
मुख्यमन्त्री भट्टले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन्।
मुख्यमन्त्री भट्टलाई एमाले तथा कांग्रेसले विश्वासको मत दिने निर्णय गरेका छन्।एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको असन्तुष्टिका बावजुद विश्वासको मत दिने निर्णय भएको हो।
एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेको हो ।
५२ सदस्यीय सुदूर पश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन्।
एमालेका २५ सांसद छन्। त्यसैगरी कांग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन्। जसपा तथा एमाले ओली पक्ष भने मुख्यमन्त्रीको विपक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।