काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएको छ। मंगलबार बसेको जसपाको प्रदेश संसदीय दलकाे बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेश सभामा जसपाका कृष्ण बहादुर चौधरी र मालती कुमारी राना थारु गरी २ जना मात्र सदस्य छन्। मुख्यमन्त्री भट्टले मंगलबार नै विश्वासको मत लिँदैछन्।
५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३ र कांग्रेसका १२ सांसद छन्। प्रदेश सभामा बहुमतका लागि २७ जना आवश्यक पर्दछ।
मंगलबार नै बसेको एमाले र कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले मुख्यमन्त्री भट्टलाई मत नदिन दलका सदस्यलाई ह्विप जारी गरी पत्र पठाएको थियो । तर, दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
यसमा केपी शर्मा ओली पक्षले सहमति जनाएको छ। प्रदेशमा एमालेका २५ सदस्यमध्ये माधव नेपाल पक्षका १८ जना छन्। नेपाल पक्षले साथ दिँदा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।