काठमाडाैं- बंगलादेशमा कोरोना महामारी नियन्त्रणका लागि १० दिन लकडाउन थप गरिएकाे छ।
देशव्यापी लकडाउन लकडाउनलाई अझै कडा बनाउदै फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
यसअघि लागु गरिएको लकडाउन आज सोमबार सकिने भएकाले भोलि मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो।
महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनु परेको उनीहरुको भनाइ छ।
अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने छ।
बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो। सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो।
बंलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९७० जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा थप ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
बंलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार ९६० जना संक्रमित भएका छन् भने कुल १२ हजार ८६९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।