काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्।
अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ।राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेको भए पनि भेटघाटको कारण नखुलेको बतायो।
प्रतिनिधि सभा विघटन र त्यसपछि विकसित घटनाक्रमलगायत सत्तारुढ एमालेभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री शीतल निवास पुगेको आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।