दिल्ली- भारतको केन्द्रीय सरकारले ८० करोड नागरिकलाई नोभेम्बरसम्म निःशुल्क राशन दिने घोषणा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै संकटको यो घडीमा सरकार गरिबको हरेक आवश्यकतासँग साथमा रहेको बताउँदै उनले नि:शुल्क राशन वितरण गर्ने जानकारी दिएका हुन्।
‘आज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। सरकार गरिबको हरेक आवश्यकतासँग साथमा छ। नोभेम्बरसम्म ८० करोड गरिबहरुलाई निश्चित मात्रामा निःशुल्क राशन उपलब्ध गराइनेछ,’ उनले भने।
गत वर्ष लकडाउन हुँदा ८० करोड नागरिकलाई प्रधानमन्त्री गरिब कल्याण अन्न योजना अन्तर्गत ८ महिनासम्म निःशुल्क राशन दिइएको थियो। कोरोनाको दोस्रो लहरको कारण यो योजना मे र जूनसम्म बढाइएको थियो।
‘ मेरा कोही भाइबहिनी गरिब छैनन्,’ उनले भने,‘उनीहरूको परिवार भोकै सुत्नुपर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।