काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राखेको ६ बुँदे प्रस्तावको जवाफका साथै एकताका आधार अघि सार्ने तयारी गरेको छ।
स्थायी कमिटीको भर्चुअल बैठकले प्रस्तावको जवाफ दिँदै थप आधार अघि सार्ने निर्णय गरेको हो। स्थायी कमिटीले टुंग्याएर केही नेताहरुलाई उक्त जवाफ र आधार तयार पार्ने जिम्मा दिइएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार पहिलो नम्बर बुँदा, दोस्रो नम्बरको 'मूलभूत' भन्ने भाषा, सर्वोच्चको रिटमा गरिएका हस्ताक्षरका विषयमा जवाफ दिइनेछ।
ती जवाफपछि एकताका लागि नेपाल समूहले थप शर्त अघि सार्ने तयारी गरेको छ। प्रस्ताव सच्याउन र आफूले राख्ने शर्तहरु मान्न तयार भएमा वार्ता अघि बढ्नेछ।
आइतबार नेपाल पक्षले वैकल्पिक बाटोबाट अघि बढ्ने निर्णय गरेसँग अध्यक्ष ओलीले एकताको आव्हानसहित ६ बुँदे प्रस्ताव अघि सारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।