काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई जेठ ३ गतेको पूर्ववत् अवस्थामा फर्काउन तयार भएको वक्तव्य जारी गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त्यसको लिखित जवाफ दिने भएको छ।
नेपाल पक्षको स्थायी कमिटी बैठकपछि आफ्नो तर्फबाट लिखित धारणा जारी गर्न लागिएको नेताहरूले बताएका छन्। ओलीले आइतबार अबरे राति वक्तव्य जारी गरेपछि सोमबार नेपाल पक्षले स्थायी कमिटी बैठक गरेको छ। बैठकले लिखित जवाफ दिने निर्णय गरेको हो।
‘हामीले भर्खरै स्थायी कमिटी बैठक सक्याैं। आफ्नो तर्फबाट लिखित जवाफ तयार गर्दैछौं’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘आज बेलुकासम्म त्यसलाई सार्वजनिक गरिसक्छौं।’
ओलीले जारी गरेको वक्तव्य वास्तविक एकता गर्ने भन्दापनि नेता/कार्यकर्ता अल्झाउने रणनीतिका रुपमा आएको नेताहरुले नेपाल पक्षका नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।