काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान छलफल भएको छ।
नेपालको कोटेश्वरस्थित निवासमा उनीहरुबीच केहीबेर छलफल भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेपछि नेपालपक्षले स्थायी कमिटी बैठक बोलाएको छ। त्यो बैठकअघि नेपालले दाहालसँग छलफल गरेका हुन्।
आइतबार राति एकताका लागि ६ बुँदे आह्वान गरेका थिए। उनले जेठ ३ गते पूर्व फर्किने बताएका थिए। तर, त्यसमा उनले केही शर्त राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।