काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ।
सर्वोच्चका कर्मचारीले प्रधानन्यायाधीश जबरालाई बिसन्चो भएको संवैधानिक इजलासका अन्य न्यायाधीशहरूलाई जानकारी दिएका हुन्।
योसँगै आज हुने भनिएको प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ।
आइतबार प्रधानन्यायीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए।
आइतबार न्यायाधीशको विषयमै विवाद भएपछि प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुन सकेको थिएन्। प्रधानन्यायाधीश जबराले आजका लागि पेशी तोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।