काठमाडौं– नेपाल (एमाले)को झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ। आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो।
बैठक बिहान ११ बजेपछि भर्चुअल रुपमा बस्ने नेता बेदुराम भुसालले बताए। बैठकले ओलीको वक्तव्यबारे औपचारिक धारणा तय गर्ने नेता भुसालको भनाइ छ। बैठकपछि साझा धारणा सार्वजनिक गरिने उनले बताए।
ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ। नेपाल पक्षका केही नेताले ओलीको वक्तव्यलाई सकारात्मक भनेका छन् भने केहीले भ्रमको खेती भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।