काठमाडाैं– नेकपा (एमाले)का नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति जारी गरेको वक्तव्य भ्रमको पुलिन्दा मात्रै भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अोलीको विज्ञप्तिमा विश्वास गर्न सकिने आधार नभएको दावी गरेका छन्।
माधव कुमार नेपाल पक्षका नेता खतिवडाले अहिलेसम्मका अवस्थामा पुर्याउन ओलीकै भूमिका रहेको दावी गर्दै उनले पार्टी एकताबारेको वक्तब्य भ्रामक भएको टिप्पणी गरे। तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादीसमेत समावेश गरेर २६४ जना बनाएकाे भन्दै उनले जेठ २ को पूर्व अबस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेठ ३ को पूर्व अबस्थामा लेखेर जाल गरेका आरोप लगाएका छन्।
‘सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ,’ उनले लेखेका छन्, ‘अरु कुनै कुरामा उनले अफूलाई सच्याएका छैनन। यो हाम्रो सहमतिको वक्तब्य त हुँदै होइन। पार्टी कमिटी र जनसङ्गठनका बारेमा पनि उनले एमाले कालमा नफर्काउने गरी ‘मूलभूत रुपमा’ भन्ने शब्द राखेर षडयन्त्रको बाटो सुरक्षित गरेका छन्।’
ओलीकाे वक्तव्यमा आएका कतिपय कुरा आम कार्यकर्तालाई अल्मल्याउन प्रयाेग गरिएकाे उनकाे भनाइ छ। ‘यसबीचमा विभिन्न कमरेडले गल्ती गरेकोमा कार्बाही गरिनेछैन भनेका छ्न, निष्कासन गरिएकाको कारबाही खारेज गरेका होइनन्,’ उनले लेखेका छन्, ‘यो पनि कार्यकर्तालाई अलमल्याउने तर्क मात्र हो।
आफूले गल्ती गरेको स्वीकारसमेत गरेका छैनन। समग्रमा यो झुठ र भ्रम को पुलिन्दा भएको उनको टिप्पणी छ। संसद बिघटन गरेकोमा माफी माग्नु माफी माग्नु र बिघटन फिर्ता लिनुपर्ने प्रधानमन्त्रीले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका उनको टिप्पणी छ । ‘कम्युनिस्ट आन्दोलनलाई नै समाप्त गर्नुभन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ,’ उनले लेखेका छन्, ‘यस्तो अबस्थामा केपी ओलीको मनखुसीले निकालेको वक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।