काठमाडाैं- सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि, ढुङ्गा गिटी निकासी गर्ने बजेट राखिएको व्यवस्था र उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिविरुद्ध नेविसंघका नेता कार्यकर्ताले गोंगबु चोकमा विराेध प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रेकालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्ज प्रहरी वृत्तमा राखेकाे छ। पक्राउन पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहितका नेता कार्यकर्ता भएको अध्यक्ष राजीव ढुङ्गानाले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेका अन्यमा परोपकार अधिकारी, हिक्मत शाही,किशोर गुरूङ, धर्मराज शाही, सन्तोष आले, सुदर्शन पनेरू, दीपेन्द्र ढकाल, र सुमन थापा मगर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।