काठमाडाैं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको 'समृद्ध नेपाल, सुखी नेपाली'को आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताएका छन्।
आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले सरकारमा सहभागी भएको बताए। उनले प्रधानमन्त्री ओलीले लिएको समृद्ध नेपाल निर्माणको लक्ष्यलाई सफल पार्नको निम्ति आफ्नो ध्यान केन्द्रित गर्ने बताएका हुन्।
‘जसपा र नेकपा (एमाले)को सहकार्यमा सरकार बनेको छ। हामी सहकार्य गर्न आएका छौँ। हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौं भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ। त्यहीकारण आज हामी सहकार्य गर्न आएका छौँ,’ उनले भने
उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।