फाइल तस्वीर।
काठमाडाैं- पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राज्य पक्षबाट न्यायालयकाे हुर्मत लिने काम भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार सर्वाेच्च अदालतमा बहस गर्दै उनले सरकारले न्यायालयकाे हुर्मत लिने याेजनाले बहस गरेकाे बताए।
उनले रोस्टरका दुई जना न्यायाधीशमाथि मात्र नभई प्रधानन्यायाधीशमाथि पनि प्रश्न उठेको बताए।
'दुई जनाकाे नाममा जसरी प्रश्न उठ्याे त्याे प्रश्न ११ जनामाथि नै हाे। भारतमा किन न्यायाधीशले पत्रकार सम्मेलन गरे? आजकाे प्रश्न उठाइ निकै गम्भीर छ', श्रेष्ठले भने, 'प्रक्रिया के भएकाे छ छलफल गर्नुस्। के आदेश हाेला मानाैंला। न्यायलयकाे हुर्मत लिने काम राज्यका पक्षले गरेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।