काठमाडाैं- कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेका दुई जनाले शपथ लिएका छन्।
माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा कांग्रेसबाट यज्ञबहादुर बिसी र दीनबन्धु श्रेष्ठले आइतबार शपथ लिएका हुन्। बिसीले सामाजिक विकास र श्रेष्ठले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यससँगै कर्णालीमा मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ। मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई कांग्रेस र एमाले (माधवपक्ष) ले साथ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।