फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहाल बहस चल्दै गर्दा प्रश्न उठेपछि न्यायाधीशले हस्तक्षेप गर्नुपरेको छ।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार जारी बहसमा दाहालले संवैधानिक इजलासमा रहेका न्यायाधीशका विषयमा प्रश्न गर्न उठेपछि न्यायाधीश ईश्वर खतिवडाले हस्तक्षेप गरेका हुन्।
'याे बहस हुने विषय हाेइन। हामीले धेरै छलफल गर्याैं। अब अरु नउठ्नुस्। इजलास गठनका बारेमा बहस हुने कुरा हाेइन', न्यायाधीश खतिवडाले भने, 'बहस चल्याे, सुन्याैं। अब निवेदककाे कुरा सुन्छाैं। बस्नुस्।'
अहिले रिट निवेदक कानुन व्यवसायीका तर्फबाट बहस सुरु भएको छ। वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले बहस सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।