फाइल तस्वीर।
काठमाडौं- २२ राजनीतिक संगठनले ढुङ्गा, गिट्टी विदेश निकासी गर्ने योजना राष्ट्रघाती रहेकाले त्यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन्।
आइतबार विज्ञप्ति निकाल्दै उनीहरूले संसद्बाट पारित नै नभएको एमसीसी परियोजनाअन्तर्गतको विद्युतको हाईटेन्सन लाइनका लागि रकम विनियोजन गर्ने कार्यसमेत राष्ट्रघाती रहेको उल्लेख गरेका छन्।
२२ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट विज्ञप्ति जारी गर्दै सीपी गजुरेलले यी दुवै निर्णय खारेज गर्न माग गरेका छन्। 'यदि खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उन्पन्न हुने सम्पूर्ण परिस्थितिका लागि सरकार जिम्मेवार हुने कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।