काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अवहेलनाको कसूरबारे सम्झाउने आफ्नो कर्तव्य भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी पर्शुराम काेइरालाले अवहेलनाको मुद्दा आफूलाई पनि लाग्नुपर्ने बताएपछि प्रधान्यायाधीश राणाले यस्तो भनेका हुन्। उनले संवैधानिक इजलासको रोस्टरमा रहेका सबै न्यायाधीले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर हुने बताए।
'सबै न्यायाधीशले हेर्न मिल्दैन भन्नु कसूर हाे। न्याय प्रशसान ऐनकाे दफा ३७ मा भएकाे व्यवस्था विपरीत भई याे कसूर हुन्छ', उनले भने, 'मेराे सम्झाउने काम हाे। सम्झाइसकेँ।'
अधिवक्ता काेइरालाले चार निवेदकले उठाएकाे मुद्दामा आफूलाई पनि अवहेलना लाग्नु पर्ने भनेका थिए। कोइरालले इजलासका बारेमा आफूले पनि कुरा उठाएकाे बताए।
यसअघि प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ११ जना न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन दिन लागेका कानुन व्यवसायीलाई अवहेलनामा कारबाही गर्ने चेतावनी दिएका थिए। उनले को-को न्यायाधीश बस्न पाउने/नपाउने भन्ने कानुन व्यवसायीको अधिकार नभएको भन्दै निवेदन फिर्ता लिन आग्रह गरेका हुन्।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी राजाराम घिमिरेले संवैधानिक इजालसका लागि रोस्टरमा रहेका ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनसँग सम्बन्धित अहिले सुनुवाइ भइरहेको मुद्दा हेर्ने नमिल्ने भन्दै निवेदन पेस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।