काठमाडौं- वरिष्ठ अधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासबाट अगल हुने राय लेखेका न्यायाधीशलाई इजलासमा किन समेटिएको भन्दै प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उपस्थित भएका खरेलले न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका विषयमा प्रश्न उठाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताको आधारमा गठन गरेको संवैधानिक इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराई अटाएका छन्।
यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेपछि कार्की र भट्टराईले अलग हुने राय सुनाएका थिए।
'मैले न्यायाधीशहरुकाे बारेमा बहस गर्न नपाए हुन्थ्याे भन्ने थियाे। तर, गर्नै पर्ने अवस्था भयाे। इजलास गठनबारे किन प्रश्न उठ्याे भने अस्ति याे समाधान भएन। कार्की र भट्टराई श्रीमानले बोलेका कुराले केही गम्भीर प्रश्न उठाएका छन्', पूर्वमहानन्यायाधीवक्ता समेत रहेका खरेलले भने, 'आदेश लेखेर रहनु हुन्छ भन्ने चाहिँ नरहने, अलग हुन्छु भन्नेहरुकाे इजलास बन्नु पर्ने किन भयाे।?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।