फाइल तस्वीर।
काठमाडौं- वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउन नपाइने बताएका छन्। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा उनले यस्तो बताएका हुन्।
'एउटा न्यायाधीशले अर्काे न्यायाधीशलाई प्रश्न उठाउन पाइन्छ? मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन वा तैंले नहेर भनेर आदेश गर्न मिल्छ?, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवासायी समेत रहेका पन्तले भने, 'विवेकसम्वत न्यायाधीश ताेक्ने भनेकाे के हाे? अमुक अमुक न्यायाधीशकाे इजलास गठन भए मिल्ने अरुकाे नमिल्ने हाे?
पूर्वमहान्यायाधिवक्ता समेत रहेका पन्तले प्रतिनिधि सभा विघटन नेकपा विवादको उपउत्पादन नभएको जिकीर गरेका छन्। पन्तले पछिल्लो प्रतिनिधि सभा विघटनलाई नेकपा विवादको मुद्दासँग जोडेर हेर्न नमिल्ने तर्क गरेका हुन्।
'नेकपा विवाद विघटनकाे उपउत्पादन हाे भनेर कसरी भन्न सकिन्छ? न्यायाधीशले मैले थाहा पाएँ भनेर फैसला गर्न मिल्दैन। तथ्य के हाे उल्लेख गर्नु पर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।