काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले सर्वाेच्च अदालतको आदेशले न्यायिक विचलन भएको बताएका छन्। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आइतबार बहस गर्दै उनले अब हरेकले प्रश्न उठाउन मिल्ने बताए।
उनले पहिले आफ्ना केही विषय राख्न पाउनुपर्ने त्यसपछि मात्र इजलास सुरु गर्नुपर्ने बताए। उनले आफ्ना केही गम्भीर विषय रहेको बताए।
'अमुक वकिलले उठाए हुने र अरुले उठाए नहुने कुन परम्परा बसाउन खाेज्दै छाैं। केही न्यायिक विचलन भएकाे छ। अस्तिको आदेशले धेरै प्रश्न उठाएकाे छ', महान्यायाधिवक्ता बडालले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा आइतबार संवैधानिक इजलास गठन गरेका छन्।
संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दप्रसाद भट्टराई अटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।