Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस जिल्ला सभापतिले जारी गरे १० बुँदे विज्ञप्ति, सरकारका कार्यदेखि पार्टीको १४औं महाधिवेशनको चर्चा

64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  ११:०६
1140x725

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिले देशको वर्तमान राजनिितक अवस्था तथा पार्टीको आन्तरिक अवस्थाबारे  १० बुँदे विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको सरकारको गतिविधिदेखि आफ्नै पार्टीको १४ औं महाधिवेशनसम्मको चर्चा गरिएको छ। 

कांग्रेस जिल्ला सभापतिहरुको अग्रसरतामा हालै सातै प्रदेशमा आयोजित प्रदेशस्तरीय जुम बैठकबाट प्राप्त विचारहरु संश्लेषण गरी सबै जिल्लाका सभापतिहरुका तर्फबाट १० बुँदे प्रेस विज्ञप्ति जारी गरिएको बताइएको छ। 

केपी ओली नेतृत्वको सरकार नेपालको इतिहासमै सबैभन्दा कमजोर रहेको निष्कर्ष जिल्ला सभापतिहरुले  निकालिएका छन्। 

त्यस्तै सभापतिहरुले पार्टीको १४ औं महाधिवेशन र आन्तरिक पार्टी सरोकारवाला विषयमा समेत कुरा उठाएका छन्।


यस्तो छ उनीहरुको विज्ञप्ति
नेपाली कांग्रेस जिल्ला सभापतिहरुको अग्रसरतामा हालै सातवटै प्रदेसमा आयोजित प्रदेशस्तरीय जुम वैठकबाट प्राप्त विचारहरु संश्लेषण गरी “सबै जिल्लाका सभापतिहरु”को तर्फबाट जारी गरिएको १० वुंदे प्रेस विज्ञप्ति 
—————————————————–
१. जननिर्वाचित संसदप्रति उत्तरदायी रहनुपर्ने मुलुककै कार्यकारी प्रमुख स्वयं प्रतिनिधिसभा प्रति ज्यादै असहिष्णु र पूर्वाग्रही बन्नु र पटकपटक विघटन गर्नु, संसद छलेर अध्यादेस र आदेसको भरमा सत्ता संचालन गर्नु, आफूले संसदको विश्वास गुमाइसकेर पनि संविधानको प्रावधान विपरीत प्रधानमंत्री पदप्रति निर्लज्ज आशक्ति देखाइरहनु, सहज–स्वाभाविक र आमसहभागितामूलक निर्वाचनको वातावरण सुनिश्चित नगरी एकोहोरो निर्वाचनको रट लगाउनुले यो सरकार वर्तमान संविधान र लोकतन्त्रकै विरुद्ध सुनियोजित रुपमै योजनावध्द रोडम्याप सहित प्रतिगमनतर्फ अग्रसर भएको ठहर गर्दछौं ।

२. नेपालको इतिहासमै कुनैपनि जननिर्वाचित सरकारको पालामा अहिलेजस्तो राष्ट्र , राष्ट्रियताको जग यतिविघ्न कमजोर कहिल्यै भएको थिएन। सरकारका प्रधानमंत्री विदेशी गुप्तचरसँग रातभर गोप्य संवाद गर्ने, उपप्रधानमन्त्री राजेन्द्र महतो राष्ट्र विखण्डनको आसयमा “बहुल राष्ट्र राज्य” को वकालत गर्ने जस्ता घटनाले हाम्रो सार्वभौमसत्ता, राष्ट्रीय एकता र भौगोलिक अखण्डतामाथि गंभीर प्रहार भएको छ। पार्टीको आन्तरिक मामिलामा समेत बाह्य प्रशिक्षण, चलखेल र हस्तक्षेपकारी भूमिका नग्न रुपबाट पटकपटक प्रकट भए भने अन्तर्राष्ट्रिय सम्वन्धमा पारस्परिक सन्तुलन, भाईचारा, विश्वास र हार्दिकता कायम राख्न यो सरकार पूर्णतः असफल भएको ठहर गर्दछौं ।

३. कोभिड संक्रमणको नयाँ लहरले शहर–गाऊँ सबै लपेटीसक्दा पनि सामान्य सिटामोल, थर्मामीटर, अक्सीमिटर तथा अक्सिजन सिलिण्डर उपलब्ध गराउनेतर्फ यो सरकार संवेदनशील रहेन । उल्टै अप्रमाणित गफ चुटेर प्रधानमंत्री रमाईलो मान्दै रहे । जनधनको धेरै क्षति भैसक्यो । सबै नागरिकलाई अविलम्ब खोप लगाउने प्रवन्ध गर्न, सम्पूर्ण पालिकास्तरमा औषधि उपकरण सहितको आइसोलेसन सेण्टर संचालनमा ल्याउन, पिसिआर र कन्ट्याक्ट ट्रेसिंगलाई ब्यापक तुल्याउन तथा लकडाउनका कारण खाद्य संकट बेहोर्न वाध्य गरीव एवं श्रमिकवर्गलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्दछौं ।

Ncell 2
Ncell 2
nimb
nimb

४. भ्रष्टाचार यो सरकारको दिनचर्या झैं बनेको छ। वाइडवडी काण्ड, फोरजी काण्ड, यति–ओम्नी काण्ड, प्रिन्टिंग प्रेस काण्ड, वालुवाटार जग्गा काण्ड, बुढीगण्डकी काण्ड, सुन काण्ड, कोभिड औषधि–उपकरण काण्ड जस्ता थुप्रै भ्रष्टाचारको लामो सूचीका कारण पनि नेपालको अन्तर्राष्ट्रिय छवि ध्वस्त भएको छ । उल्टै नेपालमा प्रधानमंत्रीको तहबाट नै भ्रष्टाचारीहरु संरक्षित रहेको सप्रमाण ट्रान्स्परेन्सी ईन्टरनेशनलको प्रतिवेदन सार्वजनिक भएबाट आमनागरिकको शिर निहुराएको छ । अविलम्ब सम्पूर्ण भ्रष्टाचार काण्डहरुको विश्वसनीय छानवीन गरी दोषीहरुमाथि कडासेकडा सजायको माग गर्दछौं ।

५. वर्तमान सरकारले कानूनी शासनको धज्जी उडाएको छ। राजनीतिक आस्था, जात, धर्म, वर्ग, लिंगको नाममा विभेद बढ्दो छ। बलात्कार, अपहरणका वग्रेल्ती घटनाहरुमा संवध्द अपराधीलाई सत्ता संरक्षण प्राप्त छ ।महामारीको मौका छोपेर खाने तेल, पेट्रोलियम पदार्थ लगायत अन्य अत्यावश्यक वस्तुहरुको वजार मूल्य अराजक ढंगबाट वृध्दि भएको छ तथा सरकार आफैंले घोषणा गरेका थुप्रै योजनाहरु बजेटको अभावमा अलपत्र छन । दण्डहिनता सरकारको पहिचान नै बनिसक्यो । हामी विधिको शासनका प्रति मन–बचन र कर्मदेखि नै पूर्ण प्रतिवध्द रहन र सुशासन प्रदान गर्न यस सरकारलाई हार्दिक आग्रह गर्दछौं ।

६. वर्तमान सरकार राजनीतिक स्थीरता विरोधी मात्र होइन, आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि निर्माण प्रति पनि जिम्मेवार देखिएको छैन । भरपर्दो भविष्यमुखी आर्थिक गन्तव्य छैन। जनताको टाउकोमा ऋण माथि ऋण थपिएको छ । अवैधानिक वाटोवाट वजेट घोषणा भएको मात्र छैन, जनताको आँखामा छारो हाल्ने, दिर्घकालिक राष्ट्रघाती योजना समेत घोषणा भएका छन । चुरेभावर क्षेत्रबाट गिट्टी, ढुंगा, वालुवाको निकासीलाई खुला गरेर सरकारले केही सीमित पिछलग्गूहरुको स्वार्थ सिद्धि मार्फत सिंगो तराईको मरुभूमीकरणलाई निम्त्याएको छ । यो सतप्रतिशत देशद्रोह हो । देश र जनतालाई दिर्घकालिन र गंभिर प्रभाव पार्ने कुनै पनि किसिमको निर्णय नगर्न यो सरकारलाई आग्रह गर्दछौं ।

७. नेपालमा लोकतन्त्र प्राप्तिको संघर्ष सात दशकभन्दा लामो भएतापनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको धेरै भएको छैन । यसकै माध्यमबाट नेपालको स्वाधिनताको रक्षा, नेपाली जनताको जीवनस्तरमा गुणात्मक सुधार, आर्थिक सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणमा एकलव्य संकल्पका साथ लाग्नुपर्ने यतिबेला सवै संवैधानिक निकाय, सामाजिक संघसंस्था, नागरिक समाजलाई कसैको अनुचित प्रभावमा नपरी संविधान र लोकतान्त्रिक मूल्य पद्धतिको रक्षार्थ योगदान गर्न हार्दिक अपिल गर्दछौं ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८. सुदुरपुर्वी जिल्ला ताप्लेजुङ स्थित धार्मिक, पर्यटकीय महत्व बोकेको सुकेटार विमानस्थल लगायत देशभरीका महत्वपुर्ण योजना, आयोजना, पुरातात्विक महत्वका तिर्थस्थल तथा महत्वपुर्ण स्थलहरुको मौलिकता माथि नै प्रहार गर्दै नाम परिवर्तन गरि धार्मिक, आध्यात्मिक मौलिक संवेदना माथि खेलवाड नगर्न र यस्ता जनविरोधि कार्यहरु अविलम्व रोक्न आग्रह गर्दछौं ।

९. वर्तमान राष्ट्रपतिको असन्तुलित र द्वैध भूमिका प्रति समेत हाम्रो गंभीर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमंत्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रिय सभाका लागि सिफारिस गरेका नामहरु जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमंत्रीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पुर्याउने कुरा एकदमै दुर्भाग्यपूर्ण छ । संविधानको भरपर्दो रक्षक तथा आमजनताको निष्पक्ष अभिभावक वनिदिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च संस्था समक्ष विनम्र अनुरोध गर्दछौं ।

१०. वर्तमान कोभिड संक्रमण तथा ओलीद्वारा सिर्जित राजनीतिक प्रतिगमन बिरुध्द नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका, पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका बिषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गर्दछौं ।
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्