काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाइ हुँदै छ। यस अघि सुरु भएको सुनुवाइमा इजलास गठनमै विवाद भएपछि आज पुनः संवैधानिक इजलास गठनको प्रक्रिया अघि बढ्नेछ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए।
बहसका क्रममा न्यायाधीशद्वय केसी र श्रेष्ठको यसअघिको नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकनसम्बन्धी फैसलाबारे प्रश्न उठेएको थियो।
यही विषयमा विवाद लम्बिएर सुनुवाइ प्रभावित हुने भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित आइतबारका लागि पेशी तोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।