काठमाडौं– पार्टीले कारबाही गरी सांसदबाट निस्कासित गरेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा दर्ता गरेको रिटमा आज (आइतबार) सुनुवाइ हुँदै छ।
पार्टी अनुशासन विपरित कार्यगरेको भन्दै गरेको कारबाहीविरुद्ध थापाले सर्वोच्चमा रिट दायर गरेका थिए। उनको निवेदन पेसी चढ्ने भन्दै सर्वोच्चले दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ।
थापाले शुक्रबार प्रदेश सभा सदस्यको हैसियतमा निरन्तर काम कारबाही गर्न दिन प्रतिशेधयुक्त परमादेश जारी हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेका थिए।
रिटमा आदेश हुन समय लागेमा अन्तरिम आदेश दिइनुपर्ने मागसमेत थापाको छ।
सांसद थापाका तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराई र पाटन उच्च बारका पूर्वअध्यक्ष भोजराज आचार्यले बहस गर्दै छन् ।
आफूले नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन २०७३ विपरीत कुनै कार्य नगरेकाले पार्टीले आफूलाई गरेको कारबाही बदरभागी रहेको उनले दिएको रिटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।