काठमाडौं- उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै पुत्ला जलाउने नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुका नेताहरु प्रहरीको दमनबाट घाइते भएका छन्।
काठमाडौंको नयाँ बानेश्वरमा पुत्ला जलाउने क्रममा प्रहरीले नेपाल समूहका अध्यक्ष सुदेश पराजुलीसहित महासचिव आरती लामालगायतलाई लाठी प्रहार गर्नुका साथै पक्राउ गरेको थियो। प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा दुई घण्टा राखेर रिहा गरिएको पराजुलीले बताए।
पक्राउ पर्नेमा अनेरास्ववियुका टेपेन्द्रजंग शाही सचिवहरु, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढा रहेको बताइएको छ। उनीहरुमध्य अधकांश घाइतेसमेत भएको पराजुलीले जानकारी दिए।
महतोले पदभार ग्रहण गर्ने क्रममा ‘बहुल राष्ट्रिय राज्य’को स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए। त्यसलाई उनले शनिबार पनि दोहोर्याएका छन्। यो भनाइको चौतर्फी आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।