काठमाडौं- प्रतिनिधी सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुन:गठन गरेकोमा विपक्षी दलहरुले विरोध जनाएका छन्।
प्रधानमन्त्री ओलीले संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरेको भन्दै विपक्षी पाँच दलले संयुक्त विज्ञप्तिमार्फत् विराेध जनाएका हुन्।
यसैगरी अध्यादेशबाट बजेट ल्याएको ओल सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्न चुरे उत्खनन् गर्न घोषणा गरिएको प्रति पनि विरोध जनाइएको छ।
घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरेको उल्लेख छ। भनिएको छ, 'यो राष्ट्रहित विरोधी निर्णय हो। यस्तो निर्णयको भर्त्सना गर्दै तत्काल खारेज गर्न जोडदार माग गर्दछौं।'
यस्तै, आयोडिनयुक्त नुनमा सरकारले अनुदानसहित आपूर्ति भइरहेकोमा कसैलाई फाइदा पुर्याउने तथा कमिसन र नाफाखोरीलाई प्रशय दिन खोजिएको विपक्षी दलको ठहर छ।
कमिसन र नाफाखोर घुसाएर त्यसको बोझ जनतालाई दिन खोजिएको भन्दै निन्दा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।