काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई 'बहुल राष्ट्रिय राज्य बनाउने' भन्ने उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु खेदपूर्ण भएको समेत बताएका छन्।
'काम चलाउ सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि नबित्दै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति सुन्दा मलाई आश्चर्यचकित लागेको छ। यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो', नेता खनालले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्।
नेता खनालले महतोको अभिव्यक्ति जिम्मेवारी अराजक, विखण्डनकारी र संविधान विरोधी भएको समेत बताएका छन्।
आफ्नो सन्देशमा खनालले लेखेका छन्, 'जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैर जिम्मेवारी अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।