• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालले जिल्लाका नेताहरुलाई भने- साथीहरुको आग्रहमा एक हप्ता कुर्छौं, त्यसपछि पार्टी पुनर्गठन 

64x64
नेपाल लाइभ शनिबार, जेठ २२, २०७८  १४:३८
1140x725

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहले गठन गरेको समानान्तर जिल्ला कमिटीका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादका लागि एक हप्ताको समयवाधि छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्ने बताएका छन्।

नेता नेपालले ओली सुध्रिने सम्भावना आफूले देख्दै नदेखेकाले पुनर्गठनको विकल्प नभएको समेत उल्लेख गरेका छन्।

नेपालले शनिबार बिहान ११ बजेदेखि सबै जिल्लाका आफूनिकट कमिटीका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरेका थिए।

छलफलमा सहभागी एक जिल्ला अध्यक्षले नेपालको भनाइ उद्धृत गर्दै नेपाल लाइभसँग भने, 'केपी ओली एकपछि अर्को गरी दक्षिणपन्थी भासमा भासिए। सुध्रिने सम्भावना म त २०० प्रतिशत देख्दिनँ। केही साथीहरुले देख्नुभएको छ भने उहाँहहरुलाई एक हप्तासम्म सम्भावना देख्नुस् भनेका छौं। त्यसपछि पर्खन सकिन्न।'

नेता नेपालले ओलीपक्षसँग संवाद गरिरहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलाई संकेत गर्दै यस्तो बताएका थिए। 

बिहीबार र शुक्रबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकमा चारैजनाले अन्तिम समयसम्म एकताको पहल गर्नुपर्नेमा जोड दिएका थिए।
नेपालले यो आफूले पनि बनाएको पार्टी भएकाले एकतावद्ध बनाउन आफूले पनि चाहेको तर त्यो सम्भावना नदेखिएको समेत जिल्लाका नेताहरुलाई सुनाए।

'केही नेता, केही युवा साथीहरुलाई पार्टी एकताका पक्षमा उभिने हो भने एक हप्ता दिऔं भनेका छौं', उनले भने, 'मलाई त ओली सुध्रिन्छन् भन्ने नै लाग्दैन, सुध्रिन्छन् भन्ने लाग्ने साथीहरुलाई एक हप्ताको मौका दिएको हो।'

उनले एमालेमा कोही घरमुली र कोही आयातीत नभएकाले सहअस्तित्वसहित मात्र एमाले अघि बढ्न सक्ने बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

जिल्ला पदाधिकारीसँग भएको छलफलमा नेता नेपालले केन्द्रीय कमिटी बैठकले गरेका निर्णयलाई शनिबारको स्थायी कमिटी बैठकले अनुमोदन गर्ने बताए। ओली सच्चिएर आए पार्टी एकताको सम्भावना रहेको उनले बताए। 

‘शुक्रबार बसेको केन्द्रीय कमिटीले एकताका लागि केही शर्त पारित गरेको छ। स्थायी कमिटीको बैठकले त्यसलाई अनुमोदन गरी ओलीलाई पठाउँछौं’, नेता नेपालले भर्चुअल बैठकमा भने,‘त्यसमा उहाँहरु सहमत भए ठीक छ। होइन भने कम्युनिष्ट आन्दोलन जोगाउन जुनसुकै बाटो पनि जानुपर्छ।’

छलफलमा नेपालले पार्टी अध्यक्ष ओलीसँग भएका अन्तरविरोधका कारणहरु विस्तृतमा खुलाएका थिए। ‘हामीले उहाँलाई (ओली) लाई असहयोग हुने गरी कुनै कदम उठाएका थिएनौं। उहाँले गलत कदम चालेपछि मात्रै त्यसलाई काउन्टर गरेका हौं’, नेपालले भने। 

भर्चुअल बैठकमा नेता नेपालले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएका उतार चढाव तथा आन्दोलनमा आएका समस्याबारे समेत टिप्पणी गरेका थिए। त्यसक्रममा उनले नेपालको कम्युनिस्ट आन्दोलनका मुख्य मुख्य घटनाक्रमपनि सुनाएका थिए।

छलफलमा सहभागी अधिकांश जिल्ला अध्यक्षहरुले ओलीबाट एमाले कुनै हालतमा नजोगिने भन्दै तत्काल पार्टी पुनर्गठन गरेर अघि बढिहाल्नुपर्ने बताएका थिए।

उनीहरुले संकटका बेला मात्र ओलीले वार्ताको कार्ड फ्याँक्ने गरेको उल्लेख गर्दै वार्तामा अब अल्मलिन नहुने भन्दै ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्