काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार, हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित बिरोधी काम गरेको टिप्पणी गरेका छन्। यसबाट ओलीको स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको रावलको भनाइ छ।
शनिबार सामाजिक सञ्जालमार्फत नेता राववले आफूले पाँच दिन अघि नै ओलीले ५ मन्त्रालय आफूसँग राखेर ‘वाह्य शक्ति’ लाई ‘मख्ख’ पर्न अरु मन्त्रालय जसपालाई दिने कुरा ट्वीट गरेको जनाएका छन्।
प्रधानमन्त्री ओलीको चरम सत्तालिप्साका कारण उनीबाट एकपछि अर्को असंवैधानि र राष्ट्रघाती कम भइरहेको र कुर्सी स्वार्थका लागि अनेकौं कुकार्य हुँदै आएको आरोप नेता रावलको छ।
कामचलाउ प्रधानमत्रीद्वारा मन्त्रिपरिषद् विस्तार संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशविरुद्धमा रहेको नेता रावलको भनाइ छ।
प्रधानमन्त्री ओलीका यसप्रकारका कदमबाट देश, जनता र लोकतन्त्रलाई जोगाउन आवश्यक दृढ पाइला चाल्नु पर्ने स्थितिमा पुगको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।