काठमाडौं– नेकपा एमालेको माधव कुमार नेपाल पक्षले समानान्तर कमिटी बनेका जिल्लाका पदाधिकारीहरुसँग छलफल गर्ने भएको छ।
नेपाल पक्षले शनिबार विहान ११ बजेदेखि समानान्तर कमिटीका जिल्ला पदाधिकारीहरुसँग भर्चुअल छलफल गर्न लागेको हो।
नेपाल पक्षका स्याङ्जा जिल्ला कमिटी सचिव भुपराज अधिकारीले जिल्लाका पदाधिकारीसँगको छलफलबारे खबर आएको नेपाल लाइभलाई जानकारी दिए।
नेपाल पक्षले यसअघि आफूनिकटका जनवर्गीय संगठनका प्रमुख र केन्द्रीय सदस्यहरुसँग छलफल गरिसकेको छ।
चरणवद्ध रुपमा जारी छलफलपछि आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकले आगामी रणनीति बनाउने नेताहरुले बताएका छन्। नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।