काठमाडाैं- नेपाली कांग्रेसले पुनर्गठित मन्त्रीमण्डलमा नवनियुक्त मन्त्रीहरुलाई 'दुई-चार दिनको घामछाया' भएको टिप्पणी गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त टिप्पणी गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीलाईसमेत समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका थिए।
'कै भाषामा- कलेजोमा छ क्यान्सर बूढी औंलामा सिवाजल गोली!,' प्रवक्ता शर्माले लेखेका छन्,'समस्या प्रधानमन्त्रीमै छ। न मन्त्री फाल्नु समाधान हो न पाल्नु। `फैसला´ सम्मलाई दुइ-चार दिनको घामछाया!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।