काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग विगतमा अमझदारी भएको भएपनि अहिले भने हटेको बताएका छन्।
बीबीसी हिन्दी सेवाका लागि शालु यादवलाई दिएको अन्तर्वार्तामा उनले छिमेकी देशहरुमा प्रेम र समस्या हुनु स्वभाविक भएको बताए।
‘हो, कहिलेकाहीँ असमझदारीहरु थिए। तर अब ती असझदारी हटेको छ। कुनै समय असमझदारी थियो। हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ। केही अध्याँरा र काला पक्षहरु थिए। त्यसका अल्झिनु हुँदैन। हामी अहिले उज्यालो पक्षलाई अगाडि बढाउनुपर्छ। हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सिमाना खुला भएको भन्दै अहिले भारतमा महामारी रोकियो तर नेपालमा नियन्त्रण भएन भने त्यसको कुनै अर्थ नै नहुने बताए। ‘किनकि त्यो सर्छ नै’, उनले भने।
नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण सहयोग गर्नुपर्ने उनले बताए। ‘म अनुरोध गर्छु कि नेपाललाई अरु देशभन्दा फरक ढंगले, किनकि हामी त्यस्तो छिमेकी हौँ। जहाँ खुला सिमानामा दुवैतिर खेत छन्। कहीँकहीँ त दशगजा कहाँ छ, थाहा छैन। मानिसहरुबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ। यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ। यसबाट मैले भारतबाट सहयोग नपाएको भनेको होइन। अक्सिजन र औषधि लगायतका धेरै कुरा पाइरहेका छौँ। सबैभन्दा पहिले खोप पनि उपलब्ध गरायो। त्यसका निम्ति भारतलाई धन्यवाद’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।