काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पदभार ग्रहण गरेका छन्।
शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। उनले कोरोना महामारीमा स्वास्थ्य सामग्री छिटोछरितो माध्यमबाट खरिद गर्ने फाइल सदर गर्दै पद बहाली गरेका छन्।
मन्त्री तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी दाेस्राे पटक मन्त्री पदमा नियुक्त भएका हुन्। यस अगाडी २०७४ चैत २ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाइएका उनले एउटा विवादित अभिव्यक्तिका कारण २०७५ साउन ८ गते राजीनामा दिनुपरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।