काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार तीन उपप्रधानमन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
वर्तमान क्याबिनेटमा रहेका अर्थमन्त्री विष्णुप्रसाद पाैडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् भने जसपाबाट नेतृत्व गर्दै राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनेका छन्।
यस्तै, एमालेका रघुवीर महासेठ उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेका छन्। जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका प्रधानमन्त्री ओलीले वर्तमान क्याबिनेटमा रहेका अर्थमन्त्री पाैडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भाैतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठबाहेक सबै मन्त्रीलाई विदा गरेका छन्।
तर, प्रधानमन्त्री ओलीले आफूसँग सात वटा मन्त्रालय राखेका छन्। पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरूले शुक्रबार साँझै शपथ लिएका छन्। यस्तो छ नयाँ कार्यविभाजन :
प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय
विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री
राजेन्द्र महतो : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री
रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री
लीलानाथ श्रेष्ठ : कानून न्याय तथा संसदीय मामिलामन्त्री
बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
शरतसिंह भण्डारी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
अनिल झा : खानेपानी तथा सरसफाइमन्त्री
विमल श्रीवास्तव : श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री
उमाशंकर अरगरिया : वन तथा वातावरणमन्त्री
चन्दा चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
एकवाल मियाँ : युवा तथा खेलकुदमन्त्री
चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री
रेणुका गुरुङ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।