काठमाडौं- सरकारका तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पाैडेल, राजेन्द्र महतो र रघुवीर महासेठले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ आयोजित समाराेहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पाैडेललाई अर्थ, महतोलाई शहरी विकास र महासेठलाई परराष्ट्र मन्त्रालयकाे पनि जिम्मेवारी छ। शुक्रबारको मन्त्रिपरिषद् पुनर्गठनमा अर्थमन्त्री पाैडेल उपप्रधानमन्त्रीमा समेत बढुवा भए भने महतो र महासेठ नयाँ मन्त्रीका रुपमा थपिए।
जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्। महासेठ यसअघि ओलीको पहिलो मन्त्रिमण्डलमा भाैतिक पूर्वाधार मन्त्री थिए। तर, पुनर्गठनका बेला उनी बाहिरिएका थिए।
यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने मन्त्रीबाटै विदा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।