काठमाडौं- नेकपा (एमाले)बाट रघुवीर महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र र शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्ने भएका छन्। महासेठ यसअघि ओली क्याबिनेटमै भाैतिक पूर्वाधार मन्त्री थिए भने तामाङ कानुनमन्त्री थिए।
बंगलादेशमा चिकित्सा पढ्ने छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि तामाङले राजीनामा दिनुपरेको थियो भने महासेठ मन्त्रिपरिषद् पुनर्गठन गर्दा बाहिरिएका थिए।
शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।
जसमा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेकामध्ये अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोरिनेछन्। सबै सबैलाई विदा गरिनेछ।
जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्ने भएका छन्। जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।