प्रधानमन्त्री केपी शर्मा ओली।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।
शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै ठूलै हेरफेरको तयारी गरेका हुन्।
स्रोतका अनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेकामध्ये अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोरिनेछन्।
पौडेल अर्थमन्त्री छन्। उनलाई शुक्रबार साँझ नै उपप्रधानमन्त्रीको समेत शपथ गराइने भएको छ। श्रेष्ठ शिक्षामन्त्री हुन् भने लीलानाथ कानून र नेम्वाङ भौतिक पूर्वाधार मन्त्री छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।