काठमाडौं- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन्।
आफूलाई असंवैधानिक रुपमा कारबाही गरिएको भन्दै रिट दर्ता गरेका हुन्।
पार्टीले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरेपनि उनी स्वतन्त्र बसेका थिए। जसले सत्तारुढ नेकपा एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए।
पार्टीको निर्णय अवज्ञा गरिएको भन्दै उनलाई सांसदबाटै हटाइएको थियो। रिटको पेशी आइतबारका लागि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।