काठमाडौं– अभिनेत्री रेखा थापाले निर्माण गरिरहेको फिल्म ‘मालिका’को छायांकन स्थलका केही तस्बिर सार्वजनिक भएका छन्। तस्बिरमा अभिनेत्री रेखा नृत्यमा मग्न देखिएकी छिन्।
फिल्मको छायांकनका लागि रेखा काठमाडौं, कोहलपुर हुँदै जाजरकोट पुगेकी छिन्। उनले दुई सय ६८ वर्ष पुरानो जाजरकोट दरबारमा भइरहेको गीतको छायांकनका केही तस्बिर सार्वजनिक गरेकी हुन्।
छायांकन भएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने गीतमा रेखासँगै सयभन्दा बढी कोरसले नृत्य गरिरहेका छन्।
महिला हिंसा र बालविवाहमुक्त 8को कथामा आधारित भएर निर्माण भइरहेको फिल्मको छायांकन अन्तिम चरणमा पुगेको रेखाले जानकारी दिएकी छिन् ।
फिल्ममा जाजरकोटकै १४ वर्षीया कमला ओली मुख्य भूमिकामा देखिँदै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।