काठमाडौं– प्रदेश–१ को प्रदेससभाको आठौं अधिवेशन जेठ २४ गतेदेखि बस्ने भएको छ।
प्रदेश मन्त्रिपरिषदको सिफरिस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार प्रदेश प्रमुखले वैठक आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।