काठमाडौं- सरकारले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुविरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल लाइभलाई बताए।
पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि कडा कारबाहीको माग हुँदै आएको थियो। त्यसैलाई सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अध्यादेशको सिफारिस गर्ने निर्णय भएको ती मन्त्रीले बताए।
एकहप्ता अगाडि मात्रै बाँकेकाे नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएकाे थियाे।
उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले आईसीयूमा खटिएका चिकित्सक तथा नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए। त्यसपछि आन्दाेलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्था सुरक्षा ऐन र जेल विथआउट वेलको व्यवस्था गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।