काठमाडौं– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। खाली रहेका दुई मन्त्रालय सम्हाल्ने गरी कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।
कांग्रेसको तर्फकाट सामाजिक विकास मन्त्री र जलस्रोत तथा उर्जामन्त्री मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको मन्त्रिमण्डलमा कांग्रेस सहभागी हुने संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए। ‘खाली रहेका दुई मन्त्रालयले कांग्रेसको भागमा परेका छन्।’ उनले भने।
कांग्रेसबाट दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसी मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। श्रेष्ठले जलस्रोत तथा उर्जा र विसीले सामाजीक विकास मन्त्रालय सम्हाल्ने बताइएको छ। मन्त्रालयको जिम्मेवारी र सपथको अन्तिम टुंगो साँझसम्म तय हुने कांग्रेस सांसद श्रेष्ठले जानकारी दिए।
दुवै जना समानुपातिक सांसद हुन्। श्रेष्ठ जुम्ला र विसी सुर्खेतबाट समानुपातिक सांसद चयन भएका थिए। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिने क्रममा कांग्रेसले पक्षमा मत दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।