काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका नेताहरु बालुवाटार पुगेका छन्।
अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरु ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
मधेस आन्दोलनसँग सम्बन्धित मुद्दा र सरकारमा सहभागी हुने लगायत विषयबारे छलफलका लागि नेताहरु बालुवाटार गरेका जसपाका एक नेताले जानकारी दिए।
जसपाका नेताहरु बिहीबार दिउँसो करिब २ बजेतिर बालुवाटार पुगेका हुन्।
‘बिहीबार मन्त्रिपरिषद बैठक समेत बस्ने भएकाले मुद्दा फिर्ताको एजेन्डाबारे छलफल गर्न नेताहरु बालुवाटार पुग्नुभएको छ,’ जसपाको महन्थ–राजेन्द्र पक्षका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।